Sodhu Sodhu Lagchha - Meena Niraula, Suraj Kumar Thapa
सोधूँ सोधूँ लाग्छ - मीना निरौला, सुरज कुमार थापा
Lyrics
Nepali
Transliterated

सोधू सोधू लाग्छ तिमीलाई
ती कुरा साउती गरेर
ढाँटू ढाँटू लाग्छ तिमीलाई
भागी भागी टाढा गएर

लौन नि मेरो होस हरायो
छेउमा तिम्रो बस्न देऊ
पागल जस्ता आँखाहरूलाई
ओठमा तिम्रो अल्झिन देऊ
राखू राखू लाग्छ तिमीलाई
दिलभित्र माया गरेर

भर्खर नौलो घाम छरियो
अब मलाई छल्न नखोज
फलहरूले हेरिरहेछन्
यसरी जिस्की चल्न नखोज
बिर्सू बिर्सू लाग्छ तिमीलाई
आज किन सम्झिरहेर