Sojho Man Saate - Suraj Kumar Thapa
सोझो मन साटेँ - सुरज कुमार थापा
Composer: Nati Kaji
Original Singer: Phatteman

सङ्गीत: नातीकाजी
मूल गायन: फत्तेमान
Lyrics
Nepali
Transliterated
Translated

सोझो मन साटें आफैंलाई ढाँटें
सम्झनामा कल्पी मैले रात सिंगै काटें

आकाश सारा डढे जस्तो चन्द्र तारा बगे जस्तो
पृथ्वीको हृदयमा ज्वालामुखी फुटे जस्तो

वसन्तले ठगे जस्तो सिमाना नै टपे जस्तो
प्रकृतिको सौन्दर्यमा दागैदाग लागे जस्तो

रंगरूप उडे जस्तो मायामोह छुटे जस्तो
लाग्छ सुखशान्तिभित्र अँध्यारोमा डुबे जस्तो