तारा जडेको आकाश मुनी जूनको छाँयामा
खोजेको गीत पाईन मैले तरुनी मुस्कानमा
फर्केर आँए हरेस खाइ पहाडी माटोमा
दबेको पाँए यो गीत मैले यही नै माटोमा
यो लोभी आँखा जुन र तारा केलाउन लागेछ
घरको गीत सुसार नपाई पहिरोले लगेछ
आकाश हेरी पखेरु चढ्दा ठेस लाग्यो गोडामा
त्यहीं नै पाए यो भाका मैले मिलेको माटोमा
त्यै गीत आज गाउनमा आएँ हजुरको माझमा
त्यहीं नै पाएँ अस्तित्व मेरो यो ठूलो संसारमा
तारा जडेको ..........
टुङ्गनाको भाका गोठाला संगै दुःखले मरेछ
बारुली कम्मर मर्काउनेलाई भारीले थिचेछ
नौमती बिनै चेलीको भाग सिंदुरले लेखेछ
दुखिया भाका सम्झेर होला सबैले बिर्सेछ
भुलेको भाका सम्झेर गाएँ हजुरको माझमा
मै संग गाउन लाज है लाग्ला के छ र सुन्नमा
तारा जडेको ..........