ताराहरू हो ज्योति छर्दै नआए नआऊ
मैले साँझमा बत्ती बाल्न जानिसकेको छु
म टिप्दिनं दया गरी फालिदिएको माया
मेरो लागि जीवनभरको साथी मेरै छाँया
मानिसहरू हो माया गर्दै नबोले नबोल
मैले एक्लै एक्लै हिड्न जानिसकेको छु
म सक्दिनं साँच्चै बाँच्न मुर्दा जस्तो भएर
मेरो रात रोई रहन्न एक घाम डुबेर
हे फूलहरु हो बास्ना छर्दै नहाँसे नहाँस
मैले आफ्नै आँशु पुछ्न जानिसकेको छु