एऽऽ तारेभीर तिम्ले डाक्दा
फर्की आउँछ उही घाम, जून
गई जानेलाई मैले डाक्दा
मनै पोल्ने विरही बन्छ धुन
देउरालीमा पाती चढाई साँघु तर्यो कि
देउता ढोग्दा शीरको फूल भुईंमा झर्यो कि
घाम बोकेर आउँछु भन्थ्यो आफैँ बन्यो छाया
पैतालामा खिल गढे झैँ गढ्यो मनमा माया
एऽऽ तारेभीर....
सपनीमा खोला सुक्यो अभर पर्यो कि
आफ्नै सम्झी पराईको पो भर पर्यो कि
कान्ला कान्ला प्याउली फूल्यो जाई फूलसरी
जीवन यसै बित्ने हो कि भन्दे बनचरी
एऽऽ तारेभीर तिम्ले देख्दा
उही सिमल उही सिरुफूल
जाइजानेलाई पर्खी बस्दा