Thaha Chhaina - Prakash Gurung
थाहा छैन - प्रकाश गुरुङ
Recorded live during 'Paleti with Prakash Gurung - October 2006'
Composer: Prakash Gurung
Lyricist: Bijay Shivakotee

शब्द: विजय शिवाकोटी
Lyrics
Nepali
Transliterated

थाहा छैन कुन मोड देखी म एक्लै एक्दै आँदैछु
थाहाँ छैन कुन मोड हुँदै म कहाँ कता जाँदैछु
यहि यात्रा रै जिन्दगीको, जिन्दगीनै गुमाँउदैछु
थाहा छैन ...

पुग्नु पर्ने कहाँ छ र फेरी पनि हिडीं रहेछु
ब्यर्थमा अलमलिंदै आफैलाई अल्झाई रहेछु
फेरि भूलेर म आफै अझै झुठो सपना सजाउँदैछु
थाहा छैन ...

छुट्टिनुत छँदैछ फेरि यो आभास किन एक्लो पनको
अधूरोपनमै बिताउनु सायद रहेछ यो रित जीवनको
फेरि किन म जीवनको मोहमा एकोहोरो हराउँदैछु
थाहा छैन ...