Timee Pyarko - Suraj Kumar Thapa
तिमी प्यारको - सुरज कुमार थापा
Composer: CK Rasaili
Lyricist: Kumar Rai
Original Singer: Saraswoti Syangbo

सङ्गीत: सिके रसाइली
शब्द: कुमार राई
मूल गायन: सरस्वती स्याङ्बो
Lyrics
Nepali
Transliterated

तिमी प्यारको नव कल्पना, म कल्पनाको प्यार हुँ
तिमी छल्कने सुर सृजना, म सृजनाको हार हुँ

एक पङ्ती केही भाषा, केही जीवनको निराशा
तिमी टल्कने नव चन्द्रमा, म सल्कने अनुहार हुँ

शीत बल्ने तीब्र धारा, भवसागरको किनारा
तिमी सल्कने उर चाहना, म सीतको अङ्गार हुँ