Timi Bhanchhau - Meera Rana
तिमी भन्छौ - मीरा राणा
Recorded live during 'Paleti with Meera Rana - February 2010'
Singer: Meera Rana
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated

तिमी भन्छौ म तिम्रो हुँ उनी भन्छन् म उनको हुँ
मलाई थाहा छ म कोही होइन सबैको म खेलौना हुँ

सबै भन्छन् जब म बल्छु म दिनभन्दा उज्यालो हुँ
कसैको मनमा जब बिज्छु म खीलभन्दा बिषालु हुँ
म के हुँ कसको हुँ केवल म निभ्दा मात्रै सम्झन्छु
मलाई थाहा छ म कोही होईन सबैको म खेलौना हुँ
तिमी भन्छौ म

मेरा आँखा सुन्दर छ भने त्यही लैजाउ र गुच्चा खेल
मेरा अधर रसिला छन् भने त्यसैमा तिम्रो मात घोल
सँगै गाउँ सँगै हाँसु म आखिर एक पराया हुँ
मलाई थाहा छ म कोही होइन सबैको म खेलौना हुँ
तिमी भन्छौ म