Timi Bhoolmaa Parryou - Amber Gurung
तिमी भूलमा पर्‍यौ - अम्बर गुरुङ
Lyrics
Nepali
Transliterated

तिमी भूलमा पर्यौ‍ म पनि झुक्किएँ
यो भेटघाटलाई एक सङ्गम भनी
नलागी कतै चोट अब छुटौँ हामी
मिल्दैन यहाँ दस्तुर भनी
प्यार हुन्छ त्यहीँ जहाँ सार हुन्छ
भाग्यले मात्र दिलदार मिल्छ
हामी आवेशमा छौँ, धेरै नजिक नहौँ
जुट्दैन फुटेर मन यो भने
नलागी कतै चोट अब छुटौँ हामी
मिल्दैन यहाँ दस्तुर भनी

बेहोस त अलिक हामी दुबै नै छौँ
सम्हालेनौँ भने हामी दुई नै गिर्छौं
तिमी टाढिँदै जाऊ, फारिँदै म जान्छु
यही भेट अभिशाप कतै हुन्छ भने
नलागी कतै चोट अब छुटौँ हामी
मिल्दैन यहाँ दस्तुर भनी