Timi Jun Raharle - Suraj Kumar Thapa
तिमी जून रहरले - सुरज कुमार थापा
Recorded live during 'Paleti with Dinesh Adhikari - August 2010'
Composer: Dibya Khaling
Lyricist: Dinesh Adhikari
Original Singer: Narayan Gopal

सङ्गीत: दिब्य खालिङ
मूल गायन: नारायण गोपाल
कवि तथा गीतकार दिनेश अधिकारी नेपाली गीति साहित्यमा उल्लेख्य नाम हो । साहित्य प्रेमी गायक नारायण गोपालले स्वर प्रदान गरेका उनका रचना नेपाली संगीत संसारका अमूल्य निधि बनेका छन् । झन् संगीतकार दिब्य खालिङको धुन भेटेपछि ती रचनाको उचाइ अझै लोभलाग्दो बनेको हुन्छ जसलाई पछिल्लो पुस्ताका गायक सुरज थापाले अनुसरण गरेका छन् ।
Lyrics
Nepali
Transliterated

तिमी जून रहरले ममा फुल्न आयौ
सबै सुख हराए, सधैँ चोट पायौ
म डुब्दो किनारा कहाँ हाँस्न सक्नु ?
व्यर्थै तिमीले मेरो हात समायौ

बैँसालु तिम्रा ती रहरहरूमा
न मैले कहिल्यै हरियाली कोरेँ
राताम्य तिम्रा ती अधरहरूमा
न मैले कहिल्यै खुसियाली पोतेँ
र, सायद रिसायौ तिमी भित्रभित्रै
न भित्री तिम्रा खुल्दुली सोधेँ

रुझे हुन् ती तिम्रा पलक र आँखा
मसँग कहिल्यै इशारा नबोल्दै
रुखे हुन् ती तिम्रा यौवन र भाखा
मसँग कहिल्यै निःश्वास नखोल्दै
र, सायद सराप्यौ सबै बैँसलाई
जो शून्यतामा बिलाए मजस्तै