Timi Matra Aaphno - Meena Niraula
तिमी मात्र आफ्नो - मीना निरौला
Recorded live during 'Paleti with Tirtha Shrestha: Paleti with Songs and Poems of Tirtha Shrestha - September 2019'

सङ्गीत: आभास
शब्द: तीर्थ श्रेष्ठ
मूल गायन: आभास
Lyrics
Nepali
Transliterated

तिमी मात्र आफ्नो भयौ यति ठूलो विरानीमा
सपनीमा तिम्लाई देख्दा हात पुग्यो सिरानीमा

अधरमा मुस्कान खेल्यो मनमा खेल्यो काउकुती
बिछ्यौनामा हात फैलाई तिम्लाई खोजेँ यताउती
जस्तो सपना देखेँ मैले देख्यौं कित तिम्ले पनि
मेरै जस्तो सिरानीमा हात पुग्यो कि तिम्रो पनि
तिमी मात्र आफ्नो भयौ…

काख तिम्रो शिर मेरो कस्तो मीठो स्वाद थियो
जिन्दगीमा नभुलिने यस्तो मीठो याद थियो
तिमी हामी मरे पनि बाँची राख्छौं कहानीमा
देख्यौं भने सपनीमा हात पुगोस् सिरानीमा