Timilai Aakashko Jun - Aavaas
तिमीलाई आकाशको जून - आभास
Recorded live during 'Paleti with Aavaas - December 2009'
Singer: Aavaas
Composer: Aavaas
Lyricist: Aavaas

गायक: आभास
सङ्गीत: आभास
शब्द: आभास
Lyrics
Nepali
Transliterated
Translated

तिमीलाई आकाशको जून भनेर
टाढा हुन चाहन्न म
मलाई बिपना भए पुग्छ,
सपनामा भुल्न चाहन्न म।

दुई रंगको मधुर संगम
तिम्रो र मेरो मिलन
अस्तित्त्व बेग्लाबेग्लै
आकार एउटै छ हरदम
तिमीलाई फूल शुभस भनेर
बहकिंदो देख्न चाहन्न म

दुई दिलमा उन्मुक्त धड्कन
अंखामा प्रितीको किरण
मुच्छर्ना बेग्लाबेग्लै
आखी एउटै छ सरगम
तिमीलाई स्वर्गकी परी भनेर
कल्पनामा डुब्न चाहन्न म
मलाई न्यानो स्पर्स देउ,
तिमीमै अनुवाद भइदिन्छु म