Timilai Jittne - Kiran Pradhan
तिमीलाई जित्ने - किरण प्रधान
Singer: Kiran Pradhan
Composer: Kiran Pradhan
Lyricist: Kiran 'Palpasa'

सङ्गीत: किरण प्रधान
शब्द: किरण 'पल्पसा'
Lyrics
Nepali
Transliterated

तिमीलाई जित्ने रहर छ एउटा
बरु सारा संसार हार्न तयार छु
पुग्दैन यदी त्यतिले भने
आफैलाई हार्न तयार छु हुं.हुं....

चाहना मनको सिमा हुँदैन
मेरो भने असिमित छैन
तिमीलाई पाए पुग्छ मलाई
जुन तारा केही मागेको छैन हुं.हुं....

भावना सबको एउटै हुँदैन
जो पोखे मैले आवेग हैन
मनको सहवास पुग्छ मलाई
जवानी तिम्रो मागेको छैन हुं.हुं....