Timile Chumeka Aulaharu - Suraj Kumar Thapa
तिमीले चुमेका औंलाहरू - सुरज कुमार थापा
Composer: Shiva Shankar
Lyricist: Kiran Kharel
Original Singer: Manik Ratna

सङ्गीत: शिव शंकर
मूल गायन: मनिक रत्न
Lyrics
Nepali
Transliterated

तिमीले चुमेका औँलाहरू तिमी नै लिएर जाऊ
तिमीले चुनेका गीतहरू तिमी नै समेटी जाऊ

एकएक गरेर भन्छु कति भाग्यमानी भन्थ्यौ
मेरो गीत घोच्ने औँला माया गरेर चुम्थ्यो
तिमीभित्र नै डुबेर मेरा गीत छान्दथें म
तिमीलाई देबताको बरदान ठान्दथेँ म
तिमीले चुमेका औँलाहरू..........

तिमी के गयौ मबाट मेरो छाया नै बिलायो
मेरै रसिलो गीतले मेरो जिन्दगी जलायो
जब जानेबेला रोयौ मतिर फर्किफर्की
निसास्सी भाग्न थाले मैदेखि तर्कितर्की
तिमीले चुमेका औँलाहरू..........

शब्द : किरण खरेल
स्वर : माणीकरत्न
सङ्गीत : शिवशङ्कर