Timmrailagi Maile Yaha - Daisy Baraili
तिम्रैलागि मैले यहाँ - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - January 2006'
Singer: Daisy Baraili
Lyricist: Jas Yonjan Pyasi

शब्द: जस योञ्जन प्यासी
Lyrics
Nepali
Transliterated

तिम्रैलागि मैले यहाँ मन मन्दिर बनाइसकेँ
तिम्रैलागि मायाको यहाँ फूलहरू चढाइसकेँ

सपनाको आँखाहरू तिमीलाई नै खोजी हिंड्छ
छाया पनि तिम्रो यौवन मुटु भित्र पस्न खोज्छ
याद होइन मैले यहाँ तिमीलाई नै मागिसकेँ
तिम्रैलागि बाटोभरि मुस्काहरू बिछ्याइसकेँ
तिम्रैलागि मैले यहाँ मन मन्दिर बनाइसकेँ
तिम्रैलागि मायाको यहाँ फूलहरू चढाइसकेँ

विपनाको सारा पलहरू तिमीलाई नै खोजी हिंड्छ
झझल्कोमा नाच्छौ तिमी आँखाहरू भिज्न थाल्छ
गीत होइन मैले यहाँ प्रिती तिम्रो रोजी सकेँ
तिम्रैलागि भगवानसँग वाचाहरू बाँधी सकेँ
तिम्रैलागि मैले यहाँ मन मन्दिर बनाइसकेँ
तिम्रैलागि मायाको यहाँ फूलहरू चढाइसकेँ