Timro Ek Ek Dukha - Phatteman
तिम्रो एक एक दु:ख - फत्तेमान
Recorded live during 'Paleti with Phatteman - May 2007'
Singer: Phatteman
Composer: Nati Kaji
Lyricist: Rajendra Thapa

सङ्गीत: नातीकाजी
शब्द: राजेन्द्र थापा
Lyrics
Nepali
Transliterated
Translated

तिम्रो एक एक दु:ख मैले
नजिकबाट देखेको छु
आँखा त आफ्नै
तर आँसु तिम्रो रोएको छु

कति कति तीखा सुइराहरु छन्
कति कति विषका काँडाहरु छन्
तिम्रा सारा सारा मन थिच्ने
कति पहाड कति डाँडाहरु छन्

तिमीले पाएका चोटहरु
फुटे आँसुका फोहरा बनेर
तलाउभरि पनि आँसु देख्छु
डर लाग्छ डुबी मर्लिउ भनेर