तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरूमा खोज्नू
यदि चित्त तिमीलाई बुझ्दैन भने
मेरो सामुन्ने आएर सोध्नू
तिम्रो हर प्रश्नको जवाफ
...
भूल होइन जस्तो लाग्ला भूल गर्नेहरूलाई
तर खेलेर छोड्यौ तिमीले किन
मेरो बेसहारा जीवनलाई
तिम्रो हर प्रश्नको जवाफ
...
दोष दिनु ठूलो पाप हो निर्दोषीहरूलाई
तर रित्याइदियौ तिमीले किन
मेरो आँखाको आँसुलाई
तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरूमा खोज्नू