Timro Najar - Prakash Gurung
तिम्रो नजर - प्रकाश गुरुङ
Recorded live during 'Paleti with Prakash Gurung - October 2006'
Composer: Prakash Gurung
Lyricist: Subhas Chandra Dhungel

शब्द: सुवाश चन्द्र ढुंगेल
Lyrics
Nepali
Transliterated

तिम्रो नजरको रमाइलो गाँउमा
घुम्दा घुम्दै हराएँ म
कति सुन्दर रैछ तस्वीर
चुम्दा चुम्दै हराएँ म

गीत रचौ कि गजल बनाऊँ
गुलाबी तिम्रो अधरको
शब्द शब्दको कलिलो मुना
चुन्दा चुन्दै हराएँ म
तिम्रो ...

कसम खान्छु तिमीलाई छोएर
पिएको थिइन नशा हो कस्तो
तिम्रो सौन्दर्यको मात लागेर
झुम्दा झुम्दै हराएँ म
तिम्रो ...

के नाम सुहाउँला तिमीलाई
टपक्क टिका सुहाए झैं
राखेर तिमीलाई यो मुटु भित्र
गम्दा गम्दै हराएँ म
तिम्रो ...