Timro Pani Maya Lagchha - Suraj Kumar Thapa
तिम्रो पनि माया लाग्छ - सुरज कुमार थापा
Recorded live during 'Paleti with Ram Man 'Trishit' - July 2009'
Composer: Shiva Shankar
Original Singer: Rubi Joshi

सङ्गीत: शिव शंकर
मूल गायन: रुवि जोशी
Lyrics
Nepali
Transliterated

तिम्रो पनि माया लाग्छ उनको पनि माया लाग्छ
हुने भए मुटु काटी दुबैलाई आधा आधा
बाँडी दिउँ जस्तो लाग्छ
तिम्रो पनि माया लाग्छ

तिम्रो लागि उनले आफ्नो इच्छाहरु मारी दिईन
तिमीलाई देख्ने मेरा यी आँखा उघारी दिईन
यस्तो लाग्छ किन कुन्नी तिमी दुबै एउटै जस्तो
दुबै उती प्यारो लाग्छ
तिम्रो पनि माया लाग्छ उनको पनि माया लाग्छ
हुने भए मुटु काटी दुबैलाई आधा आधा
बाँडी दिउँ जस्तो लाग्छ
तिम्रो पनि माया लाग्छ

तिमीसँग माया बस्यो तिर्खा बदलिए जस्तै
पानी पर्दा पर्दै पनि घाम लागिदिए जस्तै
यस्तो लाग्छ मलाई बाँच्न तिमी दुईमा एउटी हावा
एउटी पानी जस्तो लाग्छ
तिम्रो पनि माया लाग्छ उनको पनि माया लाग्छ
हुने भए मुटु काटी दुबैलाई आधा आधा
बाँडी दिउँ जस्तो लाग्छ
तिम्रो पनि माया लाग्छ उनको पनि माया लाग्छ