तिम्रो त्यो हँसिलो मुहारको
झझल्को जब आउँदा
बिछोडको कुरा कल्पिन थाल्छन्
तिम्रो तस्बिरले चित्त बुझाउँदा
सजाय मैले भोग्नुपर्छ
विश्वास गर्नाले
परायलाई आफन्त ठानी
मुटुमा राख्नाले
मेरो त्यो पवित्र प्यारको
कल्पना जब गर्दा
आँसुका धारा बहन थाल्छन्
तिम्रो तस्बिरले चित्त बुझाउँदा
लागेको चोट यो छातीभित्र
कसरी सहनु
हारेको मैले मै रोइबस्छु
तिमीचाँहि नरुनू
मेरा ती जीवनका कथाहरू
अपूरो गरेर छोड्दा
यी आँखा मेरा टोलाउन थाल्छन्
तिम्रो तस्बिरले चित्त बुझाउँदा