Composer: Amber Gurung
Lyricist: Amber Gurung
Original Singer: Tara Devi

सङ्गीत: अम्बर गुरुङ
मूल गायन: तारा देवी
Lyrics
Nepali
Transliterated

गायक: टिप यो जोबन उडेपछि बतास हो
बाँध यो माया बगेपछि पानी हो
ल है जोबन बगे पानी पानी हो

गायिका: सुन यो जोवन उडे पनि तिम्रै हो
बुझ यो माया बगे पनि तिम्रै हो
ल है मेरो माया तिम्रै लागि हो

गायकः वैशाखको फूल जस्तो भागी जाने जोवन हो
सागर हो रे जिन्दगी यो बुँद जत्रो जोवन हो
फैलेपछि आकाश भन्दा ठूलो पनि जोवन हो

गायिकाः सुन यो जोवन उडे पनि तिम्रै हो
बुझ यो माया बगे पनि तिम्रै हो
ल है मेरो माया तिम्रै लागि हो

गायिकाः फूलको जोवन रूप हो मेरो जोवन प्रीत हो
हारे पनि जिन्दगीमा प्रीत एक जित हो
संसारले नै गाउन खोज्ने जीवन एक गीत नै हो