Tistadekhi - Daisy Baraili
टिस्टादेखि - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - April 2010'
Singer: Daisy Baraili
Composer: Chandan Lomjel
Lyricist: Puran Giri

शब्द: पुरण गिरी
Lyrics
Nepali
Transliterated

टिस्टादेखि कोशीसम्म पुल बाँध्दै आएँ
नौ गेडी र तिलहरी लाएकी म छोरी
नाच्दै गाउँदै सबको मनमा बास खोज्दै आएँ

रंगितदेखि त्रिशूलीको पानी छेप्दै आएँ
केश भिजाई, चौबन्दीको तुना बाँध्दै आएँ
महाकालदेखि बोद्धसम्म शान्ति खोज्दै आएँ
फरिया र ढाकाचोली लाएकी म छोरी
नाच्दै गाउँदै सारङ्गीको तार छुन आएँ

सिंचेलदेखि स्वंभूको यात्रा गर्दै आएँ
लक्षमणको रेखा नाघी माइती घर आएँ
संगीतले सिमानाको पर्खाल तोड्दै आएँ
पोतेकण्ठ शीरवन्दीले खुलेकी म छोरी
जंघार तरी मादलमा गम्कँन आएँ