अभागी आमा कुन भेषमा
निष्ठुरी बाबु कुन देशमा
म टुहुरो होइन बेसहारा हुँ आफ्नै देशमा
मेरो यो कहानी सुनी नटिठ्याई दिनु मलाई
आमा र बाबुको पाप भागी बन्नुछ आफैंलाई
कलिला हात मेरा कति ढोकाअघि फिजाएँ
एक मुठी गाँस दिएनन्’नि राजै भोकैले म मारिएँ
पेटी र पाटीमा बास पाई एक घुट्को सास बचाएँ
धनी बाबुकै म गरिब छोरो प्यारले म सुसाएँ
के मेरो पनि इच्छा छैन र त्यस्तो हाँसी खेली जिउनलाई
तोते बोली बामे सर्दै आमाको काखमा निदाउनलाई
दया धर्म पाप कर्म के हो म कसलाई बताऊँ
गरिब हुँ म माग्ने मान्छे ईश्वरलाई के सुनाऊँ
खुसीले केही पल हाँसेर हिँडे पागल आयो भन्छ मलाई
पीरले म मातिएर हिँडेँ भने मतवाला आयो भन्छ मलाई
म हाँसौं कि रोऊँ म बाँचौं कि मरौं
मैले जे गर्यो त्यही भूल भए म के गरौं
ए छोरा भन्न नसक्ने आमा जन्म दियौ मलाई किन
एक गाँस दिन नसक्ने बाबु छाती फुकाई हिँड्छौ किन
दसैंको बेला कुलटीका थाप्न आमा कसलाई बोलाउने
भाइटीका आउदा दिदी भनेर कसलाई मैले बनाउने
कसरी कहुँ ए निष्ठुरी दैव चुँढेर लैजा बरु मलाई
कसरी कहुँ ए विधाता बोल्ने शक्ति छैन मलाई
बोल्ने अधिकार छैन मलाई...