Tuin Samai - Suman Thapa
तुइन समाई - सुमन थापा
Recorded live during 'Paleti with Suman Thapa: Songs of Vision - October 2019'
Lyrics
Nepali
Transliterated

तुइन समाई गइझौंला
तरे संसार घुमीआम्ला
झरे माछा भइझौंला

सरकारलाई भेटनु पर्ने
जडिबुटी बेच्नु पर्ने
कस्तो होला शहर भन्या
मनको खुल्दुल मेट्नुपर्ने
मुखियालाई अघि लाम्ला
विदाईको गीत गाम्ला
तरे संसार घुमीआम्ला
झरे माछा भइझौंला

हंसराज फुल्यो भने
खोला तर्‍यो सम्झिनु है
काँसको फूल सुक्यो भने
लडिमर्‍यो भन्दिनु है
कुनै जुनी चरा हम्ला
कहाँ कहाँ कावा खाम्ला
तरे संसार घुमीआम्ला
झरे माछा भइझौंला