त्यो आँखाले लौ न मलाई मार्यो
त्यो बोलीले लौ न लाटो पार्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो
त्यो आँखाले लौ न मलाई लौ न मलाई लौ न मलाई मार्यो
एक्लै बसी दिउँसै पनि सपना म देख्ने भएँ
आफैसित साँझ बिहान गुनासो म पोख्दैरहेँ
कहिले खोला जस्तो भएँ कहिले हावा जस्तो भएँ
जे जे भएँ आखिरमा तिम्रो निम्ति यस्तै भएँ
कलेजी समाउनेले नै मार्यो
मलाई हेरी टोलाउनेले मार्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो
त्यो आँखाले लौ न मलाई लौ न मलाई लौ न मलाई मार्यो
रुपको पनि नशा हुन्छ यो त मलाई थाहा थिएन
परेलीको भाका हुन्छ यो पनि त थाहै थिएन
आँखा आँखा जुझिदिन्छ मुटु मुटु अल्झिदिन्छ
यस्तो पनि हुँदो रैछ यस्तो मलाई थाहै थिएन
घुम्टोबाट चियाउनेले नै मार्यो
झझल्कोमा आउनेले नै मार्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो
त्यो आँखाले लौ न मलाई लौ न मलाई लौ न मलाई मार्यो