Udera Aau Ki - Meena Niraula
उडेर आउँ कि - मीना निरौला
Recorded live during 'Paleti with Aavaas and Meena Niraula - August 2017'
Lyrics
Nepali
Transliterated

उडेर आउँ कि, बादल बनी, भेटुँ म तिमीलाई
म परी हैन, धरतीकी छोरी, बस्दैछु मन डुलाई

कुरेर बिते, अनेकौं रात, झुल्केन मनको जून
रोदीमा गाएँ, संगीका साथ, गुञ्जेन प्रितको धुन
बहेर आउँ कि, बतास बनी, भेटुँ म तिमीलाई
म परी हैन, धरतीकी छोरी, बस्दैछु मन डुलाई

पराइ संसार, पुगेर तिम्रो, डुल्यो कि अन्तै मन
तर्कना हजार, उर्लेर आउछ, जल्दछु पलपल झन्
बगेर आउँ कि, छहरा बनी, भेटुँ म तिमीलाई
म परी हैन, धरतीकी छोरी, बस्दैछु मन डुलाई