Udnu Chhaina -
उड्नु छैन -
Composer: CK Rasaili
Lyricist: Kumar Rai
Original Singer: Saraswoti Syangbo

सङ्गीत: सिके रसाइली
शब्द: कुमार राई
मूल गायन: सरस्वती स्याङ्बो
Lyrics
Nepali
Transliterated

उड्नु छैन मलाई कहीँ
जानु छैन मलाई कहीँ
व्यथालु हृदय लिएर
मायालु याद लिएर
उड्नु छैन मलाई कहीँ
जानु छैन मलाई कहीँ

याद कसको आउँछ र अब
माया कसको लाग्छ र अब
आशाको फूल लिएर कहीँ
उडेर जानु छैन
होऽऽऽ उडेर जानु छैन
होऽऽऽ उडेर जानु छैन
उड्नु छैन मलाई कहीँ
जानु छैन मलाई कहीँ

यहाँ दुखकै झरना बहन्छ
यहाँ दुखकै पवन बहन्छ
व्यथा लिएर कहीँ
उडेर जानु छैन
होऽऽऽ उडेर जानु छैन
होऽऽऽ उडेर जानु छैन
उड्नु छैन मलाई कहीँ
जानु छैन मलाई कहीँ
व्यथालु हृदय लिएर
मायालु याद लिएर
उड्नु छैन मलाई कहीँ
जानु छैन मलाई कहीँ