Ukaalai Ukaalo - Amber Gurung
उकालै उकालो गएको मान्छे - अम्बर गुरुङ
Lyrics
Nepali
Transliterated

उकालै उकालो गएको मान्छे कहाँ ऊ हरायो
के पर्यो‍ त्यस्तो बिरह उसलाई किन ऊ हरायो

कसैले भन्छ भञ्ज्याङमा भेटेँ कसैले पुलपारि
जाँदैथ्यो अरे मधेसतिर नाघेर बाँसघारी
दसैँ र तिहार आएर गए ऊ फर्की आएन
झरेका पात कसिङ्गरजस्तै कहाँ ऊ हरायो

आसामतिर गयो कि कतै भाक्सूमा गयो कि
विरानो ठाउँ बेखबर उनी बर्मामा पुग्यो कि
सयपत्री फुल्यो फुलेर झर्यो क्यै खबर आएन
बाहुलाले आँसु पुछ्दै जाने त्यो मान्छे हरायो

के पर्यो‍ होला आघात त्यस्तो भाँचिने गरी मन
चर्कियो होला छातीमा उसको सम्झना झनैझन्
पहिरोले लग्यो घर र गाउँ ऊ हेर्न आएन
मरेको छ कि बाँचेकै छ कि क्यै खबर आएन