Lyrics
Nepali
Transliterated

उकाली चढ्दा पसिना पुछ्ने
तिमी नभए अरू को होला
मर्मलाई बुझ्ने तिमी एक मेरो
तिमी नभए अरू को होला

अरूले मलाई दुत्कारिदिँदा
मायाले मलाई छातीमा टाँस्ने
कसैले सोधे को तेरो भनी
जवाफमा तिमीबाहेक को होला
तिमी नै सोच मेरो को होला
जङ्घार तर्न हात समाउने
तिमी नै हौ त्यो अरू को होला
तिमी नभए ठूलो संसारमा
आफन्त भन्नु अरू को होला

लाञ्छना धेरै धेरैले गरे
कतिले अमृत भनी विष घोले
त्यसरी आफ्नो कोही नहुँदा
सहारा तिमी नभए को होला
संसारमा मेरो अरू को होला