Ustai Hola - Kiran Pradhan
उस्तै होला - किरण प्रधान
Singer: Kiran Pradhan
Composer: Kiran Pradhan
Lyricist: Buddhabir Lama

सङ्गीत: किरण प्रधान
शब्द: बुद्धवीर लामा
Lyrics
Nepali
Transliterated

उस्तै होला ढुङ्गेधारो जँहा हाम्रो भेट हुन्थ्यो
अबेरसम्म हामी दुईकोमीठा मीठा कुरा चल्थ्यो

सबले हाम्रो जोडीलाई
मुनामदन भन्थे रे
कोही कुरा काट्थे रे
कोही खुट्टा तान्थे रे
जे भएनी चियावारीमा दिनै हाम्रो भेट हुन्थ्यो
लडीबडी खेल्दा खेल्दै थाहा नपाई दिन वित्थ्यो

नसा पिउन पर्दैनथ्यो
एकाअर्कामा लटिन्थ्यौं
एकदिन भेट नहुँदा पनि
हामी दुई आतिन्थ्यौं
चौतारी र भञ्जाङमा दिनै हाम्रो भेट हुन्थ्यो
दुःखसुख बाड्दाबाड्दै थाहा नपाई सांझ पथ्र्यो