Yaspali Ma - Kunti Moktan
Recorded live during 'Paleti with Kunti Moktan and Shila Bahadur Moktan - December 2012'

शब्द: काली प्रसाद रिजाल
Lyrics
Nepali
Transliterated
Translated

यसपाली म गएँ भने आउछु कि आउदिन
यो जिउले फेरि भेट्न पाउछु कि पाउदिन

निधारमा रातो टीका मखमली माला लाउलान्
दशै फेरि पनि आउला, तिहारमा भैलो गाउलान्
आफूले त आशिक थाप्न पाउछु कि पाउदिन

धानको बाला लरीबरी खेतभरि भरी झुल्लान्
सुनाखरी बनैभरि थरी थरी गरी फुल्लान्
आगौ सालको न्वागी खान पाउछु कि पाउदिन