ए नौलो मान्छे सुन
यो शहरमा तिमी एक्लो छैनो
बाटो हराएको माटो गुमाएको
यो ठुलो संसारमा तिमी एक्लो होईनौ
कति छन यहाँ आफ्नो नाम खोज्दा बेनाम भएका
कति छन यहाँ अनुहार खोज्दा पग्लि झरेका
यहाँ छन हजारौ दुखले गलेका मानिसका आँखा
यहि छन हजारौ मान्छे अटाउने देवताको काख
तिमीले टेकेको गोलो यो पृथ्वी तिम्रो पनि हो
यो धर्ति यो आकाश, अहँ हुदै होईन बिर्ता कसैको