Yesto Thaumaa Jandaichhu - Pratap Subba
यस्तो ठाउँमा जाँदैछु - प्रताप सुब्बा
Recorded live during 'Paleti with Pratap Subba - November 2008'
Singer: Pratap Subba
Composer: Pratap Subba
Lyricist: Prakash Angdembe

शब्द: प्रकाश आङदेम्बे
Lyrics
Nepali
Transliterated

यस्तो ठाँउमा जाँदैछु म
जहाँ कहिले घाम नपुगोस
हुलाकी र तिम्रो पत्र
बेरिएको खाम नपुगोस

यस्तो होस त्यो ठाँउ
आफैलाई चिन्न नसकुँ
हाल खबर अनि कहिले
तिम्रो त्यहाँ नाम नपुगोस

प्रेम नहोस घृणा नहोस
आफ्नो नहोस पराई नहोस
हाँसी हाँसी मुटु रेट्ने
खुनी छलछाम नपुगोस