यतै घर उतै घर जता हेर्यो घरैघर
यो शहरमा ओत लाग्ने ठाउँ छैन कतै तर
हाँसिदिन्छन् ओठहरू चिने चिने जस्तै गरी
सधैँ हात मिलाउनु पर्छ यहाँ मन नमिले पनि
पैसा हुँदा सबै वर छैन भने पर पर
यो शहरमा ओत लाग्ने ठाउँ छैन कतै तर
मतलबको बजार हो यो बिक्री हुन्छ माया पनि
दुःख पर्दा टाढा हुन्छ तर आफ्नै छाया पनि
मान्छेलाई सधैँभरि मान्छेकै छ यहाँ डर
यो शहरमा ओत लाग्ने ठाउँ छैन कतै तर
कति घुम्तिघुम्ति कति मान्छे जता हेर्यो बाटैबाटो
तर एउटा पनि छैन आफ्नो गाउँमा जाने बाटो
हुलको हुलमा हिंडेका छन मान्छे एक्लै लरलर
यो शहरमा ओत लाग्ने ठाउँ छैन कतै तर