यो गाउँमा मलाई देखेर होला
चराले प्वाँख खसाइराखेछ
बतासले पात पठाइसकेछ
आकाशले मसी बर्साइसकेछ
तिमीलाई गीत पठाउन तर
ठेगाना लिनै भुलेछु मैले
आँखामा सिमल फुलिसकेछ
फूलमा मौरी डुली सकेछ
काँचुली फेरी झुसिल्ले किरो
पुतली भई उडिसकेछ
तिमीलाई गीत पठाउन तर
ठेगाना लिनै भुलेछु मैले
मान्छेको शहर या मरुभूमि
भन न गायक कहाँ छौ तिमी
तिमीलाई सुन्ने सपना थियो
मर्छु मेरै कथा नसुनी
तिमीलाई गीत पठाउन तर
ठेगाना लिनै भुलेछु मैले