Yo Karma Bhumiko - Deepak Kharel
यो कर्मभूमिको - दिपक खरेल
Recorded live during 'Paleti with Deepak Kharel - May 2013'
Singer: Deepak Kharel
Composer: Shambhujit Baskota
Lyricist: Rajendra Rijal

सङ्गीत: शम्भुजित बास्कोटा
शब्द: राजेन्द्र रिजाल
Lyrics
Nepali
Transliterated
Translated

यो कर्मभूमिको आँगनमा 
कर्मको उदाहरण प्रस्तुत गरेर देखाऔं 
यहाँको धर्ती बाँझो छैन
विकासको फूल फुलाऔं 

विश्वास गर्छन् यहाँका मानिसहरू
शव्दमा होइन कर्ममा
विकासको लहर पुर्‍याउनु छ
सहरमा होइन गाउँमा
गाउँ गाउँमा 
यो शान्ति क्षेत्रको आँगनमा 
शान्तिको उदाहरण प्रस्तुत गरेर देखाऔं 
यहाँको धर्ती बाँझो छैन
विकासको फूल फुलाऔं 

निर्माण गर्ने अपार शक्ति छ
हामी नेपालीको पाखुरीमा 
देशभक्ति दौडिरहन्छ यही रगतको थोपामा 
थोपा थोपामा 
यो पुण्य भूमिको आँगनमा 
धर्मको उदाहरण प्रस्तुत गरेर देखाऔं 
यहाँको धर्ती बाँझो छैन
विकासको फूल फुलाऔं