Yo Kasto Achanak - Badri Durga Kharel
यो कस्तो अचानक - बद्रि दुर्गा खरेल
Recorded live during 'Paleti with Badri Durga Kharel - July 2008'

शब्द: नोर्देन रुम्बा
Lyrics
Nepali
Transliterated

यो कस्तो अचानक सपना सारा तमाम भएको रात
चुपचाप सबै विश्वासहरू बदनाम भएको रात

भर्खर डुबेको घामसितै आकाश सारा डुबिगएछ
यति रमाइलो सुखको संसार थाहा नपाई उजाड भएछ
आशा टुटेर जान्छ सबै यहाँ साथ टुटेर जान्छ
हिँड्दाहिँड्दै बाटोहरू विराम भएको रात

कुन प्रातः खोजेर यहाँ कुन मन्दिरको बाटो धाउनु
मान्छेले मान्छेसँग अब कस्तो साइनो लाउनु
बलिदान भयो मानवता यहाँ छातीको अचानोमा
सब सत्यहरू मान्छेको यहाँ लिलाम भएको रात