Yo Mayalai Bhaar Thana - Meera Rana
यो मायालाई भार ठान - मीरा राणा
Recorded live during 'Paleti with Meera Rana - February 2010'
Singer: Meera Rana
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan
Original Singer: Aruna Lama

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
मूल गायन: अरूणा लामा
Lyrics
Nepali
Transliterated

यो मायालाई भार ठान
पैतालाको धूलो मान
तिम्रो मन तिम्रो खुशी
तिम्रो विचार
तर
हामी बिना चल्दैन है
तिम्रो संसार

आफ्नो ऋतु काल फुल्छ अजम्वरी फूल पनि
जुनै काल जुनै हाल फुल्न सक्ने फूल हामी
तिम्रो घर सजाउने बार्‍हमासे फूल हामी
सजाऊ कि किच्च्याऊ शृङ्गार कि बिगार
तिम्रो मन तिम्रो खुशी
तिम्रो विचार
तर
हामीबिना चल्दैन है
तिम्रो संसार

तिम्रो भाका तालभरी सँधै नाँचिदिने हामी
तिम्रो सुख दू:खभरी सँगै बाँचिदिने हामी

हारमा पनि
हारभारमा पनि तिम्रो घर चलाईदिने हामी
सम्हाल या लतार
अङ्गाल या पछार
तिम्रो मन तिम्रो खुशी तिम्रो विचार
तर
हामी बिना चल्दैन
तिम्रो संसार