Yugaun Dekhi - Aavaas
युगौंदेखि - आभास
Recorded live during 'Paleti with Aavaas - December 2009'
Singer: Aavaas
Composer: Aavaas
Lyricist: Aavaas

गायक: आभास
सङ्गीत: आभास
शब्द: आभास
Lyrics
Nepali
Transliterated

युगौंदेखि मैले तिमीलाई
फूलमा खोजेँ
बास्नामा खोजेँ

मिरमिरेको मधुर किरण
गोधुलिको क्षितिजमा खोजेँ
युगौंदेखि
निशब्द,
मौन,
मैले तिम्रै निम्ति युद्ध लडेँ

आफ्नै रगतको गन्धमा
मैले तिमीलाई खोजेँ
मेरो अनन्त तिर्खा
तिम्रो सुकोमल स्वरुप
शान्त,
सौम्य,
युगौंदेखि मैले तिमीलाई
फूलमा खोजेँ
बास्नामा खोजेँ
युगौंदेखि मैले तिमीलाई
केवल तिमीलाई खोजेँ