Paleti Talk - Premdhoj (गायक प्रेमध्वजसँगको ऐतिहासिक कुराकानी)
'पलेँटी टक' पलेँटी शृङ्खलाको अभिलेखमा रहेका अग्रज कलाकारसँगको अन्तरवार्ताहरूलाई श्रोता दर्शक सामु राख्ने उद्देश्यले निर्माण गरिएको कार्यक्रम हो । यस शृङ्खलामा सांगीतिक पलेँटीका बखत विभिन्न संगीत कर्मीहरूसँग पलेँटी संयोजक आभासले गरेका अन्तरङ्ग कुराकानी समावेस भएका छन् । 'पलेँटी टक'को पहिलो अंकमा नेपाली आधुनिक संगीतका प्रसिद्ध गायक प्रेमध्वजसँग सन् २००८ को जनवरी महिनामा भएको कुराकानी समेटिएको छ ।