Paleti Talk - Shantanu Kumar Limbu (गायक शान्तनु कुमार लिम्बुसँगको ऐतिहासिक कुराकानी)
'पलेँटी टक' हामीले वर्षौं पहिले छायांकन गरेर राखेको अभिलेखलाई सार्वजनिक गर्ने उद्देश्यले संचालित कार्यक्रम हो । प्राविधिक कारणले यसको प्रसारण विगतमा हुनसकेको थिएन । यसमा पलेँटी संयोजक आभासले आफ्ना अग्रजहरूसँग गरेको अनौपचारिक कुराकानी समेटिएको छ । 'पलेँटी टक'को यस अंकमा दार्जिलिङमा रहेर संगीत साधना गर्नुहुने गायक शान्तनु कुमार लिम्बुसँगको वार्तालाई समेटिएको छ । साधक योञ्जनसँगको यो वार्ता सन् २००८ ताकाको पलेँटीका क्रममा छायांकन गरिएको हो ।