Phoolai Phoola Matra Pani - Bhim Birag
फूलै फूल मात्र पनि - भिम विराग
Recorded live during 'Paleti with Bhim Birag - February 2006'
Singer: Bhim Birag
Composer: Bhim Birag
Lyricist: Bhim Birag
Original Singer: Madhu Kshetri

सङ्गीत: भिम विराग
मूल गायन: मधु क्षेत्री
Lyrics
Nepali
Transliterated
Translated

फूलै फूल मात्र पनि, होईन रैछ जीवन
काँडा बीच फुल्ने, फूल रैछ जीवन

मरीदिने मानिसले, बिष पीउने गर्छन्
कोही बाँची दिन, बिष पिउने गर्छन्
बिषैबिष मात्र पनि, होइन रैछ जीवन
काँडा बीच फुल्ने, फूल रैछ जीवन

अरुलाई कुल्चेर, अघि बढ्छ मानिस
देउता बन्ने रहरमा, ढुंगा बन्छ मानिस
रहर गर्नु मात्र पनि, होइन रैछ जीवन
काँडा बीच फुल्ने, फूल रैछ जीवन