आफनो आफनो जिन्दगानी
फरक फरक कर्म हुन्छ
जस्तो जस्तो आइपर्छ त्यस्तै भोग्नुपर्छ
तिम्रो बोली सुनिरहने आदत परिसकेपछि
मलाई छोडी उड्यौ तिमी मेरो पात झरेपछि
माया गर्ने प्राणीको यस्तै यस्तै गति हुन्छ
छाती ठलो हुनेहरूको मनको खती हुन्छ
तवाँलो र चर्को घामले पोल्छ सारा सारा तन
तिम्रो वियोग छर्किदिन्छ मेरो घाउमा नुन
तिमी पन्छी उड्न सक्ने डाली डाली चढ्नुपर्छ
म त रुख एकै ठाउँमा हुर्की मर्नुपर्छ