Aaja Mero Aanganmaa - Manjul
आज मेरो आँगनमा - मंजुल
Recorded live during 'Paleti with Manjul - April 2006'
Lyrics
Nepali
Transliterated

आज मेरो आँगनमा लामा दाइ आउँछ
मधुर पिम्बा बाजामा लेकको गीत गाउँछ

जब स्याङ्बा स्याङ्बीको सुरिलो कण्ठ सुन्छु म
अनि गोसाइकुण्डको टाकुरीमा हुन्छु म
वरि र परि हिमचुली तालैमा छाया परेको
घाँटीको घण्टी बजाई चमरी गाई चरेको

आउँछ बुकी फूलको मगमग मीठो वासना
गाउँछ पिम्बा बाजाले प्रीतिको मीठो सम्झना
बैंशको गदगद कण्ठके कसको दिल छुँदैन
प्रीतिको फूल नफुल्ने मुलुक कुनै हुँदैन

सल्लाको घारी सुसाई आज मलाई बोलाउँछ
चमरी मेरै स्वागतमा सेतो पुच्छर डोलाउँछ
जान्छु म शैलुङ लेकैमा घामले पैले टेकेको
लामा दाइले शिलामा शान्तिको गीत लेखेको