Aakashmaa Eklo Taaraa - Meena Niraula
आकाशमा एक्लो तारा - मीना निरौला
Singer: Meena Niraula
Composer: Shanti Thatal
Lyricist: Ishwor Ballav
Original Singer: Aruna Lama

सङ्गीत: शान्ति ठटाल
शब्द: ईश्वर बल्लभ
मूल गायन: अरूणा लामा
Lyrics
Nepali
Transliterated

आकाशमा एक्लो तारा कहिले कतै देख्ने गरे
मेरो माया सम्झिनु है !, कहिले काहीँ तिमीले पनि

तिमीलाई पनि सम्झूँला म, कतै एक्लै भए पनि
लेखिजाउँला एउटा गीत, कतै टाढा गए पनि
जिन्दगीका घाउहरू, कहिले कतै दुख्ने गरे
मेरो माया सम्झिनु है !, कहिले काहीँ तिमीले पनि

एउटा फूल राखूँला म, सबै फूल झरे पनि
उनिदिऊँला माला एउटा, जीवनसँगै गए पनि
निँदभित्र सपनाहरू, कहिले कतै आउने गरे
मेरो माया सम्झिनु है !, कहिले काहीँ तिमीले पनि