Aandhi Huri - Shanti Thatal

आँधी हुरी - शान्ति ठटाल

Singer: Shanti Thatal
Composer: Shanti Thatal
Lyricist: Kul Singh Ranapaheli

सङ्गीत: शान्ति ठटाल
शब्द: कुल सिंह रनपहेली

Lyrics

आँधी हुरी बतासहरूमा फूल सबै नै झरिसकेछन् विश्वास रोपेँ यो छाती भित्र काँडा बनेर उम्रिदिएछ हाँसुँ भन्थेँ तिमीलाई हेरेर हेर्ने आँखा आँसु भरेछ आँधी हुरी बतासहरूमा फूल सबै नै झरिसकेछन् आँधी हुरी रत्न भनी यी टिपेको मैले बिहानको आँसु शीत रहेछ जीवन यो यहाँ सुन्दर होइन व्यथाहरूको गीत रहेछ आँधी हुरी बतासहरूमा फूल सबै नै झरिसकेछन् आँधी हुरी