Aandhi Huri - Shanti Thatal
आँधी हुरी - शान्ति ठटाल
Recorded live during 'Paleti with Shanti Thatal - September 2008'
Singer: Shanti Thatal
Composer: Shanti Thatal
Lyricist: Kul Singh Ranapaheli

सङ्गीत: शान्ति ठटाल
शब्द: कुल सिंह रनपहेली
Lyrics
Nepali
Transliterated

आँधी हुरी बतासहरूमा
फूल सबै नै झरिसकेछन्

विश्वास रोपेँ यो छाती भित्र
काँडा बनेर उम्रिदिएछ
हाँसुँ भन्थेँ तिमीलाई हेरेर
हेर्ने आँखा आँसु भरेछ
आँधी हुरी बतासहरूमा
फूल सबै नै झरिसकेछन्
आँधी हुरी

रत्न भनी यी टिपेको मैले
बिहानको आँसु शीत रहेछ
जीवन यो यहाँ सुन्दर होइन
व्यथाहरूको गीत रहेछ
आँधी हुरी बतासहरूमा
फूल सबै नै झरिसकेछन्
आँधी हुरी