Aankha Chhopi Narou - Shantanu Kumar Limbu
आँखा छोपी नरोऊ - शान्तनु कुमार लिम्बु
Recorded live during 'Paleti with Shantanu Kumar Limbu - February 2008'
Composer: Narayan Gopal
Lyricist: Kali Prasad Rijal
Original Singer: Narayan Gopal

सङ्गीत: नारायण गोपाल
शब्द: काली प्रसाद रिजाल
मूल गायन: नारायण गोपाल
शान्तनु कुमार लिम्बु भारतको मनिपुरमा बसोबास गर्ने नेपालीभाषी कलाकार हुनुहुन्छ । पलेँटीले उहाँलाई सन् 2008 सालको फेब्रुवरी महिनामा आर'शालामा प्रस्तुत गर्न मनिपुर पुगेरै निम्त्याएको थियो । लिम्बुले आफूलाई मनपर्ने पुराना गीतको छनोट गर्दा नारायण गोपाल र बच्चु कैलाशका रचना छान्नुभएको थियो । त्यही शृङ्खलाको यो सुप्रसिद्ध गीत...
Lyrics
Nepali
Transliterated

आँखा छोपी नरोउ भनी भन्नुपर्‍याछ
मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍याछ

भोली उठी कहाँ जाने केही थाहा छैन
फर्कि आउने हो कि होईन केही थाहा छैन
वाचा छिटै आउछु भनि गर्नु पर्‍याछ
मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍याछ

छातीभरि गाँउ-बेशी पखेरीको छाँया
आखाँभरि मेलापात मायालुको माया
आफैँलाई छाडी कतै जानुपर्‍याछ
मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍याछ

भन्ने कुरा कति थियो छाती भित्रै रह्यो
परेलीका ओठबाट आँशु झरी रह्यो
कुल्चिएर आफैँलाई हिंड्नुपर्‍याछ
मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍याछ