Aankha Roe - Dawa Gyalmo
आँखा रोए - दावा ग्याल्मो
Recorded live during 'Paleti with Dawa Gyalmo - September 2006'
Singer: Dawa Gyalmo
Composer: Kumar Subba
Lyricist: Vishwomani Himang

शब्द: विश्वमणी हिमाङ्ग
Lyrics
Nepali
Transliterated

आँखा रोए देख्छन् सबै मन रोएको देख्दैन
ऐना फुटे जोड्ला बरु
ऐना फुटे जोड्ला बरु मन फुटे जोडिँदैन
आँखा रोए
आँखा रोए देख्छन् सबै मन रोएको देख्दैन

गुराँस फुली पहाड हाँस्छ यौवन फुले बैँस
बैँससँगै
बैँससँगै फुल्ने मन दोबाटोमै रैछ
दोबाटोमै रैछ राजै
रगत बगे देख्छन सबै चोट केको देख्दैन
ढुंगा फुटे जोड्ला बरु
ढुंगा फुटे जोड्ला बरु मन फुटे जोडिंदैन
आँखा रोए
आँखा रोए देख्छन् सबै मन रोएको देख्दैन

बाचा बाँधी
बाचा बाँधी तोडिदिने कस्तो उसको मन
साँचो माया
साँचो मायाभन्दा ठूलो हुँदो रैछ धन
हुँदो रैछ धन राजै
बन सल्केको
बन सल्केको देख्छन् सबै मन डढेको देख्दैन
सुखहरू देख्छन् बरु
सुखहरू देख्छन् बरु दुःख मनको देखीँदैन
आँखा रोए देख्छन् सबै मन रोएको देख्दैन
ऐना फुटे जोड्ला बरु
ऐना फुटे जोड्ला बरु मन फुटे जोडिँदैन
आँखा रोए
आँखा रोए देख्छन् सबै मन रोएको देख्दैन