Aaphu Royera Arulai - Bhim Birag
आफू रोएर अरुलाई - भिम विराग
Recorded live during 'Paleti with Bhim Birag - February 2006'
Lyrics
Nepali
Transliterated

आफू रोएर अरुलाई हँसाउनेहरू देखेँ
अरुमाथि हाँस्नेमाथि हाँस्नेहरू देखेँ

सहन त सक्ने रहेछ मानिसले पीडाहरू
चोटले त ढुंगा पनि टुक्री रहेको देखेँ
अरुमाथि हाँस्नेमाथि हाँस्नेहरू देखेँ
आफू रोएर अरुलाई हँसाउनेहरू देखेँ

उज्यालो दिन छ कालो रातलाई पनि हिरा
घाममा त ऐना पनि टल्की रहेको देखेँ
अरुमाथि हाँस्नेमाथि हाँस्नेहरू देखेँ
आफू रोएर अरुलाई हँसाउनेहरू देखेँ

पहाडलाई पनि टेकी उठी रहने आकाश
सागरमा खसेर पनि डुबी रहेको देखेँ
अरुमाथि हाँस्नेमाथि हाँस्नेहरू देखेँ
आफू रोएर अरुलाई हँसाउनेहरू देखेँ

समयभन्दा बलियो कोही हुँदैन रहेछ विराग
मन्दीरहरूलाई पनि भत्की रहेको देखेँ
अरुमाथि हाँस्नेमाथि हाँस्नेहरू देखेँ
आफू रोएर अरुलाई हँसाउनेहरू देखेँ