Aja Bholi Harek Sanjha - Bhim Birag
आजभोलि हरेक साँझ - भिम विराग
Recorded live during 'Paleti with Bhim Birag - February 2006'
Singer: Bhim Birag
Composer: Bhim Birag
Lyricist: Bhim Birag
Original Singer: Narayan Gopal

सङ्गीत: भिम विराग
मूल गायन: नारायण गोपाल
Lyrics
Nepali
Transliterated
Translated

आजभोलि हरेक साँझ मात्तिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ

रहरै रहरमा पिएँ विवश भएर पिएँ
दुःखमा पिएँ, सुखमा पिएँ
पिउँदिन पिउँदिन भन्दै पिएँ
आजभोलि जिन्दगानी छोट्टिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ

मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ
नाँचेर पिएँ हाँसेर पिएँ
एकान्तमा कहिलेकाँही रुँदै पिएँ
आजभोलि हरेक रात रक्सिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ

आफँलाई बिर्सिन पिएँ तिमीलाई सम्झिन पिएँ
होशमा पिएँ बेशेहोशीमा पिएँ
रक्सीको भ्रममा आँसु पिएँ
आजभोलि हरेक बिहान जाँडिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ